काठमाण्डु – उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा आगलागी हुदा दुई जनाको मृत्यु भएको छ ।
गएराति भएको आगलागीमा परेर लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगालागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ । लक्ष्मीनारायणको घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण एकिन नभएपनि लक्ष्मीनारायणको भान्छा घरमा विद्युत् सर्टका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । काठको घर भएकाले सहजै आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।




प्रतिक्रिया