काठमाण्डु – अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सरकारले यात्रुहरुसँग आग्रह गरेको छ।
सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि बनाएको छानविन समितिले एक सूचना जारी गर्दै सर्वसाधारणले २०७८ बैशाख २४ देखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महंगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण स्वरुप टिकट उपलब्ध गराउन आग्रह गरेको हो।
यात्रुले आफुसँग भएको टिकट समितिको वेवसाइट [email protected] मा इमेल गर्न सकिने भएको छ । समितिको फोन नम्बर ०१४२६२३२६ र ४२६२४१६ मा फोन गरेर पनि आफ्नो प्रमाण प्रस्तुत गर्न सकिने भएको छ। सरकारले विदेशमा अलपत्र परेका वा नेपालबाट विदेश जाने यात्रुलाई लक्षित गरि चार्टर्ड उडानको अनुमति दिएको थियो।
तर, यात्रुबाट ट्राभल एजेन्सीले अधिक भाडा असुल गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको हो ।




प्रतिक्रिया