काठमाण्डु– गोरखाको दरौंदी नदीको खोंचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बल, नेपालले सकुशल उद्धार गरेको छ।
पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडेका अन्दाजी ३० वर्षीय सोनम गुरुङ शुक्रबार बिहान गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौंदी नदीको खोंचमा फसेका थिए। गुरुङको मानसिक अवस्था असामान्य रहेको जनाइएको छ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। २९ गुल्म हेडक्वार्टर गोरखाबाट टोली उद्धारका लागि परिचालन गरिएको थियो। टोलीले नदीको खोंचमा पुगेका गुरुङलाई दिउँसो १ः१० बजे सकुशल उद्धार गरेको हो।
उद्धारपछि गुरुङलाई आवश्यक प्रक्रियाका लागि अस्थायी प्रहरी पोष्ट छेबेटारमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।




प्रतिक्रिया