विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मत लिने प्रस्तावमाथि भएको मत विभाजनका क्रममा नेकपा एमालेको नाराबाजीबीच विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ ।
सभाध्यक्ष इसरायल मन्सुरीले मुख्यमन्त्री थापालाई ४७ मत पाइएको घोषणा गरेका छन् । सभाध्यक्ष मन्सुरीले समेत मतदान गरेर विश्वासको मतको पक्षमा बहुमत पुर्याएका छन् ।
कूल ७७ सदस्य प्रदेशसभा बैठकमा सहभागी भएकोमा ३० जनाले विपक्षमा मतदान गरेको मन्सुरीले घोषणा गरेका छन् । अर्काे बैठक आगामी बुधवार बस्ने गरी उनले स्थगित गरेका छन् ।




प्रतिक्रिया