कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण


काठमाण्डु- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । नेपाली कांगेस कोशीका सभापति तथा संसदीय दलका नेता समेत रहेका थापा माथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार राति आक्रमण भएको हो । आक्रमणबाट उनको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेका छ ।

बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचारपति उनी घर फर्केका छन् । आक्रमणमा संलग्न नेपाल विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएको जनाइएको छ ।

थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै थिए ।