काठमाण्डु-भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । उद्धार गरिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका–१२ का व्यक्तिहरू छन् ।
उनीहरू भोजपुरको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए ।
त्यसबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले मझुवा जंगलभित्र रहेको गोठमा उनीहरूलाई फेला पारेको थियो ।
प्रतिक्रिया