बझाङ उद्योग वाणिज्य संघद्धारा बादी परिवारलाई राहत वितरण

बझाङ उद्योग वाणिज्य संघद्धारा बादी परिवारलाई राहत वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङ उद्योग वाणिज्य संघले बादी समुदायलाई  राहत स्वरुप चामल बितरण गरिएको छ ।शनिवार बझाङ उद्योग वाणिज्य संघको पहलमा बादी समुदायलाई राहत वितरण गरेको हाे ।

काेराेना भाइरस काेभिड १९ संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि मजदुरी गरेर जिविकोपार्जन गर्ने समुदायको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको उद्योग वाणीज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।

लकडाउनका कारण समस्यामा परेका जो कोहीलाई पनि उद्योग वाणिज्य संघले समस्या पहिचान र प्राथमिकताका आधारमा सहयोग प्रदान गर्ने भन्दै सुर्मेलीले नआत्तिन समेत आग्रह गरे।

अध्यक्ष सुर्मेलीले चैनपुरमा रहेका वादी समुदाएलाई खान समस्या भएको खवर सुनेपछि राहत स्वरुप पाँच कट्टा मसिनो चामल र १ पेटी खानेतेल बितरण गरेको बताए ।

राहत पाएपछी खुसी हुदैँ स्थानिय रमेश वादीले दुई तिन हप्ताको लागि भएपनि खाने ब्यावस्था भएकोमा खुसि लागेको बताए । बझाङ उद्योग बाणिज्य संघले यस अघि सदरमुकाम चैनपुरमा ड्युटीमा खटिएका नेपाल प्रहरी र शशस्त्र प्रहरीहरुलाई चाउचाउ पानी र पन्जाहरू वितरण गरिएको थियोे ।