काठमाण्डु – बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएका छन् ।
स्वास्थ्य अवस्था कोभिड–१९ का कारण गम्भीर बन्दै गएको छ। उनको अवस्था गम्भीर बन्दै गएपछि सहयोग संकलन थालिएको छ। रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बिएन्डसी अस्पतालका सञ्चालक प्रसाईँले थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।
शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईँले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका हुन् ।कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।





प्रतिक्रिया