सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन समितिको आह्वान

सिफारिस भएका राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन समितिको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेकाे छ।

मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो।

१० दिनको समय राखेर सार्वजनिक उजुरीको आह्वान गर्ने निर्णय भएको हो।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उनले बताए ।

सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।

प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ।