उज्यालो नेपाल पार्टीको सचिवालय गठन

उज्यालो नेपाल पार्टीको सचिवालय गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ ।

शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो ।

पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ । विधानमा अध्यक्ष, वरिष्ठ नेता, १ महिलासहित २ उपाध्यक्ष, महासचिव, १ महिलासहित २ उपमहासचिव, ३ महिलासहित ७ सचिव र १ कोषाध्यक्ष रहने प्रावधान छ ।

बैठकले अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय, उपाध्यक्षमा प्रा.डा. महेन्द्र लावती र महासचिवमा धर्मबहादुर चौधरीलाई चयन गरेको छ ।

सचिवमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन् ।

पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन् । यद्यपि मुख्यसचिव र प्रवक्ता पद भने विधानमा उल्लेख छैन ।

हाल १ उपाध्यक्ष, २ उपमहासचिव र ३ सचिव पद रिक्त रहेका छन् ।