नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि बेलायती दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको शुभ अवसरमा हार्दिक बधाई ज्ञापन गरेको छ ।

शुक्रबार प्रेषित बधाई सन्देशमा बेलायतले प्रधानमन्त्री शाहको कार्यकालको सफलताको कामना गर्दै २ देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

बेलायतले नेपालसँगको आफ्नो लामो समयदेखिको मित्रता अब आधुनिक साझेदारीमा रूपान्तरण भइरहेको उल्लेख गरेको छ । साझेदारी विशेष गरी वर्तमान समयका मुख्य आवश्यकताहरू आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलतामा केन्द्रित हुने दूतावासले जनाएको छ ।