सरकारले तोक्यो उखुको मूल्य, मुस्कान खातुनलाई ३ लाख राहत

सरकारले तोक्यो उखुको मूल्य, मुस्कान खातुनलाई ३ लाख राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले उखुको मू्ल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आव २०७८/७९ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई राहत दिने निर्णय गरेको छ। सरकारले खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो ।