भुक्तानीविनै सरकारसँग सम्झौता भएपछि उखु किसानको हृदयघातबाट मृत्यु

भुक्तानीविनै सरकारसँग सम्झौता भएपछि उखु किसानको हृदयघातबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बक्यौता रकम भुक्तानीविनै सम्झौता भएपछि एक उखु किसानको हृदयघातका कारण मृत्यु भएको छ ।

बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाण्डुको माइतीघरमा दुई साता लामो आन्दोलनपछि सोमबार किसान र सरकारबीच सम्झौता भएको थियो । सम्झौतामा सरकार र उखु किसानबीच २१ दिनभित्र भुक्तानी दिने लगायतका ४ बुँदे समझदारी भएको थियो ।

भुक्तानीविनै सरकार र आन्दोलनकारीबीच सम्झौता भएपछि आन्दोलनमा सक्रिय सर्लाहीका नारायणराय यादव (भगत)को हृदयघातका कारण मृत्यु भएको हो ।

उनको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले जानकारी दिए । यादव यसपाली पूरै भुक्तानी नलिइ काठमाण्डुबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय भएका थिए ।

सम्झौता हुने बित्तिकै भगतले नेता चौधरीलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको भनि दुखेसो पोखेको नेता चौधरीले बताए ।
भगतले अन्नपूर्ण सुगर मिलबाट ३ वर्षदेखि २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो ।