उखु किसान र सरकारबीच वार्ता

उखु किसान र सरकारबीच वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसानबीच वार्ता शुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता शुरु भएको हो ।

माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम दिनेगरि सम्झौता हुन लागेको मन्त्रालयले जनाएको छ । पुस १६ गते पनि वार्ता भएको थियो तर सो वार्तामा मन्त्री भट्टले मौखिक सहमति मात्र गरेका थिए । लिखित सहमति नभएसम्म आन्दोलन स्थगित नगर्ने उखु किसानले भनेपछि मन्त्रीले आज लिखित सहमति गर्न लागेको आन्दोलनका अगुवा राकेश मिश्रले बताए ।

उद्योगमन्त्री भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने बताए ।यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसकिने विश्वास दिलाएका हुन् ।