भारतीय विद्यार्थी र अन्य विदेशीको उद्दारका लागि १३० रूसी बस तयार

भारतीय विद्यार्थी र अन्य विदेशीको उद्दारका लागि १३० रूसी बस तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय विद्यार्थी र अन्य विदेशी नागरिकहरूको उद्दारका लागि १३० वटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीमा तयार भएका छन् ।

रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न आज बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा रहेको जानकारी दिएका हुन् ।

चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीहरूलाई तातो खाना उपलब्ध गराइनेछ; रुसी समाचार एजेन्सी तासले जनाएको छ । त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ ,’ जनरल मिजिन्त्सेभले भनेका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए ।

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले रुसको सैन्य कारबाहीका कारण युक्रेनबाट अहिले १० लाख मानिस पलायन भएको जनाएको छ ।