युरोपेली संघको सदस्यता दिन माग गर्दै युक्रेनका राष्ट्रपतिले भने- हामीलाई सहयोगको खाँचो छ

युरोपेली संघको सदस्यता दिन माग गर्दै युक्रेनका राष्ट्रपतिले भने- हामीलाई सहयोगको खाँचो छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन सोमबार फेरि माग गरेका हुन् ।

नयाँ भिडियो सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेका छन् । रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।’

अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ बर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गरेका छन् । युरोपेली सवै देशहरुसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उनले जोड दिएका छन् ।