रूसी आक्रमणपछि युक्रेनको पछिल्लो अवस्था (तस्बिरसहित)

रूसी आक्रमणपछि युक्रेनको पछिल्लो अवस्था (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनको राजधानी किभसहित ठुला शहरका वासिन्दाहरु बाहिरिन थालेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएपछि अहिले युक्रेनमाथि सैन्य कारबाही भैरहेको छ । अहिलेसम्म ४० जना युक्रेनीको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले युक्रेनको शहरी क्षेत्रको स्थिति तनावपूर्ण भएको छ ।

रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्। सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेपछि संसारको ध्यान युक्रेनमा अडिएको छ। आजका दिनका लागि रूसले निकै लामो तयारी गरेको थियो।

केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेको भए पनि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले अहिले आक्रमणको कुनै योजना नभएको जिकिर गर्दै आएको थियो। पुटिनको घोषणालगत्तै बिहीबार रूसी सैनिकहरू जल, स्थल र हवाई माध्यमबाट युक्रेनमा पसेको द न्युयोर्क टाइम्सले जनाएको छ।