राष्ट्रसंघले भन्यो– युक्रेनमा २० हजार सेना परिचालन आवश्यक


काठमाडौं, (एजेन्सी) – संयुक्त राष्ट्रसंघले युक्रेनको संकट समाधानका निम्ति २० हजार सेनाको आवश्यकता रहेको औंल्याएको छ।

राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक गर्दै युक्रेनको संकट समाधानका लागि नेटो बाहिरका मुलुकबाट २० हजार सेना र ४ हजार प्रहरीको आवश्यकता रहेको बताएको हो।

त्यहाँ रुस समर्थित पृथकतावादी र युक्रेनी सेनाबीच संघर्ष जारी छ। सोही कारण सन् २०१४ यता १० हजारको ज्यान गइसकेको छ।

युद्धिविराम र कुटनीतिक प्रयासका बाबजुद युक्रेनमा राजनीतिक संकट चुलिएको प्रति राष्ट्रसंघले चिन्ता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement