युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को – रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन् । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।

“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेकाे समाचारमा जनाइएको छ ।-एएफपी