‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’


मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेकाे रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्नुहुन्छ । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘संक्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् । मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ । गत जनवरीमा उहाँले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement