युक्रेनमा रहेका नेपालीको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग

युक्रेनमा रहेका नेपालीको निःशुल्क उद्धार गर्न अखिल (क्रान्तिकारी) को माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी (केन्द्र) निकट बिध्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरीकको अबिलम्ब रिहाइको गर्न माग गरेको छ ।

शुक्रबार अध्यक्ष पञ्चा सिंहले बिज्ञप्ति जारि गर्दै सरकारसँग युक्रेनमा रहेका नागरिक माथी सुरक्षा चुनौति बढ्दै गएको भन्दै तत्काल उद्धार कार्य अघि बढाउन माग गरेको हो ।

विदेशी भुमिमा रहेका आफ्ना नागरिकमाथी युद्ध , प्राकृतिक विपत्ति, महामारी आदीका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जिउ–धनको रक्षा गर्ने कर्तब्य राज्यको हुने भन्दै अविलम्ब उद्धार गर्न माग गरिएको छ ।

‘संकटमा परेका नागरिकका लागी राज्यले सुरक्षित रहनुस भनेर केवल बिज्ञप्ति निकाल्नु मात्रै पर्याप्त हुँदैन । यसका लागि कुटनितिक पहल गर्न र आर्थिक लगायतका प्रबन्ध गरि अफ्ठेरोमा परेका नेपाली बिद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।