भारतले आफ्ना नागरिकलाई भन्यो- तत्काल किभ छोड्नू

भारतले आफ्ना नागरिकलाई भन्यो- तत्काल किभ छोड्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ – भारतले आफ्ना नागरिकहरुलाई आजै ( मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत् ।’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।