युक्रेनमा सेनाको विमान दुर्घटना हुंदा २२ जनाको मृत्यु


काठमाण्डु – युक्रेनमा सेनाको विमान दुर्घटना भएको छ । विमान युक्रेनको खार्किभमा अवतरणका क्रममा दुर्घटना हुंदा २२ जनाको मृत्यु भएको हो । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार रहेको बिबिसीले जनाएको छ ।

उक्त विमानमा २८ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको र अन्य चार जनाको खोजी भइरहेको छ ।विमान दुर्घटनाको कारण भने नखुलेको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement