प्रधानमन्त्री देउवाले नर्भिक पुगेर भेटे बिरामी मितलाई

प्रधानमन्त्री देउवाले नर्भिक पुगेर भेटे बिरामी मितलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाण्डु आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । विरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।