काठमाण्डु – नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । सोमबार उपाध्यक्ष भीम रावलको संयोजकत्वमा एमालेले ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलका संयोजक रावलले मंगलबार बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका छन् ।
कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।
गत असार २७ गते भएको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरुले सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान राख्दै आएका थिए।




प्रतिक्रिया