काठमाण्डु – काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको स्रोतले बतायो ।
सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने इच्छा देखाएका थिए । सिटौलाको रोजाइमा भने चौधरी परेका हुन् । मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाएका हुन् ।




प्रतिक्रिया