काठमाण्डु – संघिय सरकारका संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया र प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ’अहिराज’बिच भेटवार्ता भएको छ ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका अरगरियालाई प्रदेश प्रमुख अहिराजले आफ्नै कार्यालयमा विहिवार स्वागत गरेका हुन् । अहिराजले मन्त्री अरगरियालाई खादा र मैथिली टोपी ‘पाग’ लगाएर स्वागत गरेका थिए ।
भेटघाटका क्रममा धार्मिक पर्यटन, प्रदेशको विकास र मधेसको धार्मिक पर्यटन गन्तव्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने सम्बन्धी छलफल भएको मन्त्री अरगरियाको सचिवालयले जनाएको छ । प्रदेश प्रमुख अहिराजले मधेशको विकास र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।




प्रतिक्रिया