काठमाण्डु – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ ।
माओवादी केन्द्रका नेता कुलबहादुर केसीले आफूसँग बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएका हुन् ।
उनले ४२ जना सांसदहरुको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको दाबी प्रस्तुत गर्ने तयारी गरेका छन् । केही सांसदले राजीनामा दिने सम्भावना रहेको स्रोतले जानकारी दियो ।
आज मात्रै मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदमा नेकपा एमालेसँग ४१ जना सांसद रहेका छन् ।




प्रतिक्रिया