काठमाण्डु – भीड व्यवस्थापन गर्न नसकेपछि न्युरोड–संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ ।
कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने उदेश्यले सडकमाथि राखिएको उक्त छाता मानिसहरुको भीड व्यवस्थापन गर्न नसकेपछि हटाउन थालिएको हो । साथै पछिल्लो समय न्यूरोड क्षेत्रमा ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा समेत समस्या परेको छ ।
छोटो समयमै समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लवले जानकारी दिएको छ ।
स्थानीय व्यापारी र संकटा क्लबले मिलेर पुस ५ गतेदेखि सडकमाथि रंगीचंगी छाता राखेको थियो ।




प्रतिक्रिया