राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माको उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेसका शर्माको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारी उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलवार हुने भएको छ।