काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादवले पार्टी त्याग गरेका छन् ।
नेकपा छोडेका यादवले मंगलबारनै उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
यादवलाई मंगलबार बिहान जसपा नेपालको केन्द्रीय कार्यालयमा अध्यक्ष यादवले पार्टीम स्वागत गरे ।
यादव ०६९ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट प्रतिनिधसभा सदस्य निर्वाचित भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा सिंचाइमन्त्री बनेका यादव सप्तरी ३ मै उपेन्द्र यादवसँग पराजित बनेका थिए।




प्रतिक्रिया