स्वास्थ्यमा प्रधानमन्त्री देउवाको गलत रोजाई : निजी अस्पतालका संचालकलाई राज्यमन्त्री बनाईयो

स्वास्थ्यमा प्रधानमन्त्री देउवाको गलत रोजाई : निजी अस्पतालका संचालकलाई राज्यमन्त्री बनाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निजी अस्पतालका संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको दुई हप्ता भइसक्दा पनि प्राथमिकतामा नरहेको स्वास्थ्य मन्त्रालय मन्त्री विहिन थियो । तर, आज प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकेकी छन् । आजै उनले सपथ लिएका छन् । श्रेष्ठको नियुक्तिलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय अस्पतालहरूको चेन बनाउन लागिपरेका श्रेष्ठलाई मन्त्रालयको जिम्मेवारी दिइनु स्वार्थसंग जोडिएको हुनसक्ने भन्दै सरकारको आलोचना सुरु भएको छ । लामो समयदेखी शिक्षा क्षेत्रमा काम गरेका श्रेष्ठले स्वास्थ्य मन्त्रालय रोज्नुले तरंग उत्पन्न गराएको छ ।

‘समग्र स्वास्थ्य क्षेत्रकै निति बनाउनेदेखि अस्पतालहरुलाई अनुमति दिने र अनुगमन गर्ने मन्त्रालयको जिम्मा नै निजी अस्पताल सञ्चालकलाई दिइनु सरासर गलत हो, देउवा सरकारले सुरुमा नै विवादित काम गर्दैछ । यसले पार्टीलाई हानी पुग्छ । ’ कांग्रेसकै एक नेताले भने ।

शिक्षासंगै स्वास्थ्य क्षेत्रमा लगानी गरेका श्रेष्ठले आफुअनुकुल काम गर्ने निश्चित जस्तै छ । उच्च आय भएका व्यक्तिलाई लक्षीत गर्दै उनले ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने तयारी गरेका छन्। यस्तै महेन्द्र नारायण निधी अस्पताल ट्रष्टको अध्यक्ष समेत रहेका श्रेष्ठको नेतृत्वमा जनमैत्री अस्पताल समेत संचालनमा छ । उनको जलविद्युत क्षेत्रमा समेत लगानी छ ।

उनले काठमाण्डुसहित चितवन र वुटवलमा समेत अस्पताल संचालन गर्ने तयारी गरिरहेका छन् । यसरी उनलाई नियुक्ति दिंदा व्यक्तिगत स्वार्थ हावि हुने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैंले लिएका छन्। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चर्को दबाब परेपछि प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। तर, उनको नियुक्तिले सरकार आलोचित बनेको छ । श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ । श्रेष्ठ लिटिल एन्जल्स स्कुलका संस्थापक पनि हुन्।

श्रेष्ठ समानुपातिक सांसद हुन । उनी नेपाली कांग्रेसका ठुला चन्दादाता समेत हुन । कांग्रेसमा प्रत्यक्ष चुनाव जितेका र लामो समय राजनीतिमा लागेका नेताहरु हुंदाहुंदै देउवाको रोजाइमा श्रेष्ठ परेपछी धेरैलाई चकित बनाएको छ । उनी प्रतिनिधिसभाको बैठकमा समेत सबैभन्दा कम सहभागी हुने सांसद हुन । श्रेष्ठ बैठकमा उपस्थित भएपनि हाजिर मात्र लगाएर हिड्ने गरेका छन् ।

शैक्षिक क्षेत्रमा निकै चर्चित व्यापारी श्रेष्ठको राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा पहुंच छ । उनको प्रमुख पार्टीका उच्च तहका सबै नेताहरुसंग सुमधुर सम्बन्ध छ । भोजपुरका श्रेष्ठलाई मन्त्री बनाउन उद्योगपति विनोद चौधरी, कांग्रेस नेता दिपक खड्का र राजु नेपाललागयत लागेको स्रोतको दावी छ ।

यो समूहले अर्थ वा उद्योग मन्त्रालय दिन कांग्रेसभित्र लविङ गरेको चर्चा थियो । श्रेष्ठलाई मन्त्री नियुक्त गरेसंगै कांग्रेसका कार्यकर्ताले पनि यसको खुलेर विरोध सुरु गरेका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले समेत मोती दुगडलाई उद्योग राज्यमन्त्री बनाएपछि ओलीको आलोचना भएको थियो ।