काठमाण्डु – नेकपा एमालेले सरकारले कमिसनको खेलमा देशलाई आर्थिक संकटमा पार्ने गरी हतियार किन्न खोजेको बताएका छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिदबारे संसदमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीको जवाफ माग मागेको हो । संसदमा बोल्दै एमालेका खगराज अधिकारीले हाँसको बथानलाई हान्ने बाह्रबोर बन्दुक किन ल्याउन लागेको भन्दै सरकारले स्पष्टीकरण दिनुपर्ने बताए ।
‘इटालीको बदनाम कम्पनीबाट ग्लोबल टेण्डर नगरी सरकारले एक हजार थान नाइन एमएम, पेस्तोल, १ हजार १५० हजार थान स्मल गन र टिअर ग्यास खरिद गर्न लागिरहेको छ । सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्नुपर्यो ? दुई दिनभित्र एलसी खोल्नको लागि दबाब दिइँदैछ’, उनले भने ।




प्रतिक्रिया