काठमाण्डु – नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री पत्नी आरजु राणाबीच भारतको राजधानी दिल्लीमा भएको भेट लज्जास्पद भएको बताएका छन् ।
उनले उनीहरूबिच भएको भेटले २००७ सालमा राणा र कांग्रेसबिच दिल्लीमा भएको सत्ता बाँडफाँडको झल्को दिएको बताएका हुन् । ‘प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ ।’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
त्यस्तै, उनले २०७३ मा केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको उल्लेख गर्दै यो दृश्य लज्जास्पद रहेको दावी गरेका छन् ।
उनले यस्तो दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएको बताएका छन् ।




प्रतिक्रिया