काठमाण्डु – नेकपा एमालेले २६ जना सांसदलाई कारबाही गरेको सूचना राष्ट्रपति कार्यालयमा पठाएको छ ।
वाम गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको सूचना राष्ट्रपति कार्यालय पठाइएको हो ।
यता नेपाल समूहका पाँच जना सांसदले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । किर्ते हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि लगिएको भन्दै पाँच जना सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका हुन् ।
सांसदहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन् ।




प्रतिक्रिया