नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेकाे छ ।

बिहीबार दिनभर छलफल भएको साे विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् ।

साे विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे ।