काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहि बेरअघि सुरु भएको हो ।
बैठकका लागि ११ वडा एजेन्डा तय गरिएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन लगायतका एजेण्डा रहेका छन्।
अन्य एजेन्डामा सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण र समसामयिक विषय छन्।




प्रतिक्रिया