चुनावी घोषणापत्रका लागि एमालेले माग्यो सुझाव

चुनावी घोषणापत्रका लागि एमालेले माग्यो सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेशका लागि सुझावको आह्वान गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तु यहि भदौ २५ गतेभित्र पार्टी कार्यालय च्यासलमा उपलब्ध गराउन पार्टीका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसंगठन, पार्टीका नेताकार्यकर्ता लगायत आम नागरिकलाई आग्रह गरेको हो ।

‘एमालेप्रति सद्भाव राख्नुहुने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहनु भएमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिनुहुन आह्वान गरिन्छ,’ एमालेले भनेको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेल [email protected] मार्फत पनि सुझाव पठाउन सकिने एमालेले बताएको छ।