काठमाण्डु- नेकपा एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी नेकपा एमालेमा प्रवेश गर्ने भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी एमाले प्रवेश गर्ने भएको हो ।
एमाले जुम्ला इन्चार्ज रतननाथ योगीले पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने बताए । योगीका अनुसार आज पत्रकार सम्मेलनमार्फत पार्टी प्रवेशको आधिकारिक जानकारी गराइने र मंगलबार पार्टी प्रवेशको औपचारिक कार्यक्रम रहेको छ ।




प्रतिक्रिया