काठमाण्डु – सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी छन् ।
एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोही बिषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ ।
यसअघि हिजो बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो । ओलीपक्षलाई खबर नगर्दा कोरम नपुगेकाले आजको बैठकमा ओलीपक्षलाई समेत बोलाइएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् ।
अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।




प्रतिक्रिया