समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, कांग्रेसको कति ?


काठमाण्डु- नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ २० लाख मत कटाएको छ । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाउँदै पहिलो स्थानमा कायमै राखेको हो ।

नेकपा एमालेले समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ । यता दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत पाएको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement