प्रदेश १ मा पहिलो दल बन्यो एमाले, दाेस्रो स्थानमा कांग्रेस

प्रदेश १ मा पहिलो दल बन्यो एमाले, दाेस्रो स्थानमा कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत ४ मंसिरमा सम्पन्न भएको प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले २४ मतसहित पहिलो पार्टी भएको छ । प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन् ।

यसैगरी, सत्तारुढ नेपाली कांग्रेस भने १४ सिटसहित दोस्रो स्थानमा रहेकाे छ भने माओवादीले प्रदेश १ मा जम्मा ७ वटा सिटमा जित हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जम्मा २ सिटमा सीमित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २ सिट नै विजय हासिल गरेको छ ।

केही क्षेत्रको मतगणना अझै जारी छ ।