बाजुराको मतगणना अझै अनिश्चित, माग पुरा नभएसम्म एमाले पछि नहट्ने


काठमाण्डु- बाजुरामा सहमति जुट्न नसके पछि मतगणना अझै हुन सकेको छैन् । दुई पटक बसेको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना सुरु हुन नसकेको हो ।

निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो । तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको जनाइएको छ ।

नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement