सुदूरपश्चिम प्रदेश सरकारका तीन जना मन्त्री एमालेको साधारण सदस्यबाट निष्काशित

सुदूरपश्चिम प्रदेश सरकारका तीन जना मन्त्री एमालेको साधारण सदस्यबाट निष्काशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन जना मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै एमालेले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई पार्टीबाट निष्काशन गरेको हो ।

निष्कासित हुनेहरुमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट रहेको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले काठमाण्डुपाटीलाई बताए ।