काठमाण्डु- नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथ ग्रहणमा राष्ट्रिय पोशाक लगाएर आउन निर्देशन दिएको छ ।
बिहीबार दिउँसो १ बजे हुने शपथ ग्रहणमा नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई राष्ट्रिय पोशाकमा आउन निर्देशन दिएको हो । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।
नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना गरी ७८ सांसद निर्वाचित भएका छन् । संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ ।
पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् ।




प्रतिक्रिया