एमालेले स्थायी कमिटी बैठक बोलायो, नेपाल समूहलाई पनि निम्तो

एमालेले स्थायी कमिटी बैठक बोलायो, नेपाल समूहलाई पनि निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँगको छलफलपछि बैठक बोलाएका हुन् ।

असार २ गते बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

२ गतेको बैठक अगाडि माधव नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।

केही दिन अगाडि सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गरेको थियो ।