एमाले नेताको नाम माओवादीको केन्दीय सदस्यको सूचीमा समावेश

एमाले नेताको नाम माओवादीको केन्दीय सदस्यको सूचीमा समावेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले पार्टी छाडेर अर्कै पार्टीमा गइसकेका नेतालाई समेत अझै आफ्नो सूचीमा समेटी रहेको पाइएको छ ।

हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्यायको परिपत्रमा यस्तो पाइएको हो । परिपत्रको सूचीमा २४६ नम्बरमा यसअघि नै नेकपा एमालेमा गइसकेका यमबहादुर परियारको नाम समेत समावेश छ ।

नेता परियार यसै वर्षको भाद्र ३० गते एमालेमा प्रवेश गरेका थिए । एमालेमा जानु अघि उनी माओवादीको केन्द्रीय सदस्य तथा चितवन जिल्ला सह ईन्चार्ज थिए ।

हाल उनी एमालेको केन्दीय सदस्यको रुपमा क्रियाशिल छन् । यता माओवादीले भने उनलाई अझै आफ्नै नेताको रुपमा सूचीमा राखिरहेको देखिन्छ ।

yam pariyar1675922292.png