काठमाण्डु- नेकपा एमालेले केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले उनलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताएका छन् ।
राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशब्यापी अभियान सुरू गरेपछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।




प्रतिक्रिया