काठमाण्डु- नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् । त्यस्तै नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन् ।




प्रतिक्रिया