काठमाण्डु- नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिबार बसेको सचिवालय बैठकले उपराष्टपति पदमा शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।




प्रतिक्रिया